Monday, May 17, 2010

जिउदो लास भए छु

जिउदो लास भए छु टाढा भएर तिमीबाट,
लक्ष्य के हो, कहाँ जाँदैछु थाहा छैन,
केवल चेत छ मुटुको एउटा भाग उछिट्टीएको।

माया, प्रेम के हो?
भन्छन रङ्गीन हुन्छ जीवन ,
खै कहाँ लाग्दैछ यसले मेरो जीवन

मरेतुल्य भएको छु तिमि बिना,
पाउथे खुशी र दुखमा तिम्रो साथ ,
अहिले पाउछु एक्लै अँध्यारोमा रुमलिरहेको।


No comments:

Post a Comment